२२ मंसिर २०८०, शुक्रबार Friday 8 December, 2023

पार्टी संगठन मजबुत बनाएमात्र देश बनाउन सकिन्छ : माधव नेपाल

 शुक्रबार, असार १० २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी संगठन मजबुत बनाएमात्र पार्टी बलियो हुने र देश बनाउन सकिने बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छ । विदेशीहरूको सामु लम्पसार पर्दैन । विदेशीका सामु घुँडा टेक्दैन् । विदेशीको इशारामा नाच्दैन’, उनले भने, ‘विदेशीको स्वार्थमा चल्दैन । आफ्नो देश, आफ्नो राष्ट्र हितको रक्षा मर्यादा नाघ्दैन ।’

यस्तै, कम्युनिष्ट पार्टीले देशभक्तिको भावनालाई बढी महत्व दिने अध्यक्ष नेपालले बताए ।

 

प्रतिक्रिया सबै