१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

 शुक्रबार, असार १० २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका १० सांसद मन्त्री हेरफेरको निर्णयविरुद्ध उभिएका छन् । बिहीबार उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८बुँदे ध्यानाकर्षण पत्र बुझाएकका छन् । बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीमण्डल पुनर्गठन गर्न खोज्नुलाई स्वाभाविक मान्न नसकिने उनीहरुको भनाई छ ।

ध्यानाकर्षण पत्र बुझाउने १० सांसदमा मन्त्रीबाट फिर्ता बोलाउने निर्णय भएका रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ पनि छन् । यस्तै कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण, धनबहादुर बुढा र निरा जैरु रहेका छन् ।

एकीकृत समाजवादीले २२ जेठमा चार मन्त्री (रामकुमारी, विरोध, प्रेम र कृष्णकुमार)लाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उनीहरुसँगै सरकारमा गएका स्वास्थ्यराज्यमन्त्री भवानी खापुङलाई भने मन्त्री बनाउने सिफारिस गरिएको छ । यस्तै मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय भएको थियो । कुँवर गैरसांसद हुन् ।

बजेटमाथि छलफल भइरहेको भन्दै प्रधानमन्त्री देउवाले तत्काल मन्त्री हेरफेर गर्न अस्वीकार गरेका थिए । अहिले फिर्ता बोलाइएका मन्त्रीहरुसहित १० सांसदले पार्टी निर्णयप्रति असन्तुष्ट जनाएका छन् ।

मन्त्रीहरुलाई अपराधी जस्तो व्यवहार गरिएको तथा बजेट पास भएपछि गठबन्धनमा सल्लाह गरेर निर्णय गर्ने निर्णय विपरीत आज या भोलि नयाँ मन्त्रीलाई सपथ गराउन प्रधानमन्त्रीलाई दबाव दिनु अनुचित भएको उनीहरुको भनाई छ ।

अध्यक्ष नेपाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘मन्त्रीहरुले संसदमा बजेटसम्बन्धी आफ्नो धारणा राख्ने र माननीय सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छाड्छौं भन्ने प्रतिवद्धतालाई कमजोरी ठानियो । यो व्यवहारप्रति हामी गम्भीर छौं ।’

१० सांसदले प्रस्तावित मन्त्रीहरु असमावेशी र असन्तुलित भएको समेत बताएका छन् । पालैपालो मन्त्री बनाउने नेतृत्वको भनाइलाई सही मान्ने हो भने सबैलाई एउटौ मापदण्ड नभएको, गैरसांसद र एउटै जिल्लाबाट दुई जना मन्त्री सिफारिस भएको र पुराना र नयाको सन्तुलन नमिलेको पनि सांसदहरले बताएका छन् ।

प्रतिक्रिया सबै