७ बैशाख २०८१, शुक्रबार Friday 19 April, 2024

भरतपुर महानगरले ल्यायो ५ अर्ब ७४ करोडको बजेट

 शुक्रबार, असार १० २०७९  

काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल बजेट ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजारको ल्याएको छ ।

शुक्रबार नगर सभामा उपमेयर चित्रसेन अधिकारीले बजेट पेश गरेका हुन् । उपमेयर अधिकारीका अनुसार नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि आव २०७९/८० को कुल व्यय ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रहेको छ ।

उक्त बजेटको स्रोत महानगरले आन्तरिक आय १ अर्व ५० करोड (घरजग्गा रजिष्ट्रेसन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँटबाट प्राप्त आय समेत)बाट जुटाउने उल्लेख छ ।

अन्तर्सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मतसम्भार कोषबाट ४ करोड, सडक बोर्ड नेपालबाट ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट ५ करोड रहने प्रक्षेपण गरिएको छ ।

अन्तर्सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब ४० करोड रहने प्रक्षेपण गरिएको छ । बजेट भाषणमा यसलाई अन्तर्सरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखांकनको व्यवस्था गरिने उल्लेख छ ।

 

प्रतिक्रिया सबै