९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

ललितपुर महानगरले ल्यायो ६ अर्ब ३५ करोडको बजेट

 शुक्रबार, असार १० २०७९  

काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रमपछि बजेट आएको हो ।

ललितपुर महानगरले कल सेन्टर चलाउने नीति तथा बजेटमा रहेको छ । यस्तै महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने महानगरले लिएको हो ।

ललितपुर महानगरपालिकाले उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने नीतिमा लिएको छ ।

प्रतिक्रिया सबै