३० चैत्र २०८०, शुक्रबार Friday 12 April, 2024

स्वतन्त्र उम्मेदवारसँग पौंठेजोरी गर्न खोजेको होइन : रवि लामिछाने

 शुक्रबार, असार १० २०७९  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वतन्त्रसँग पौठेजोरी खेल्न पार्टीको नाम स्वतन्त्र नराखेको बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले सबै ठाउँमा स्वतन्त्र पार्टीको अभ्यास भएको बताए । ‘स्वतन्त्र दल, स्वतन्त्र दल नेपाल, विभिन्न देशमा पनि स्वतन्त्र पार्टीको अभ्यास छ । हामीले यो सबै हेरेर दलको नाम प्रस्ताव गरेको हो’, उनले भने, ‘हामीले स्वतन्त्र उम्मेदवारसँग पौंठेजोरी गर्न खोजेको होइन । उहाँहरु मध्येबाट पनि कति जानेसँग मिलेर जान सकिन्छ । उहाँहरुले एजेण्डा मिल्दा मिलेर जान सकिन्छ भन्नुभएको छ ।’

उनीहरुलाई पनि हेरेर राष्ट्रिय स्वतन्त्र पार्टीको नाम प्रस्ताव गरिएको उनको भनाई छ । स्वतन्त्र सोच भएका सबैलाई संगठित गर्न सकिए पार्टीलाई स्थापित गर्न सकिने उनले बताए । निर्वाचन आयोगमा स्वतन्त्रबारे उजुरी परेको थाहा पाएका पनि उनले बताए ।

प्रतिक्रिया सबै