१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

पेट्रोलियम पदार्थको ५० प्रतिशत कर घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

 शुक्रबार, असार १० २०७९  

काठमाडौं । प्रतिनिधिसभाको एक उपसमितिले पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको बजार अनुगमन उपसमितिले शुक्रबार इन्धनका कारण जनजीवन महँगीदा उपभोक्ता मारमा परेको निष्कर्ष निकालेको हो ।

प्रकाश रसाइली संयोजक रहेको उपसमितिले इन्धनको मूल्य घटाएर उपभोक्तालाई राहत दिने सम्बन्धमा शुक्रबार निगमका अधिकारीसँग छलफल गरेको र यस्तो निर्देशन दिएको उपसमितिका एक सदस्यले बताए ।

इन्धन महँगो हुनुमा कर पनि एउटा कारण भएको निश्कर्ष उपसमितिले निकालेको छ । छलफल पछि उपसमितिले अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमलाई लिखित निर्देशन दिदैं इन्धनको कर ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।

प्रतिक्रिया सबै