zoom for desktop download - zoom for desktop download best zoom to download download zoom cloud meeting app windows - download zoom cloud meeting app windows download zoom for my computer zoom pcf-8n
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

वामदेव गौतमले भने- ‘नेकपा जोगाउन सकिन्थ्यो, मैले पनि गल्ती गरेकै हो’

 शनिबार, असार ११ २०७९  

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका नेता वामदेव गौतमले नेकपा विभाजन भएकोमा पश्चातप गरेका छन् । शनिबार नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता गौतमले आफूले प्रयास गरेको भए पार्टी विभाजन नहुने भन्दै आत्मालोचना गरेका हुन् ।

आफूलाई धेरैजसोले वामदेवका कारण पार्टी विभाजन भएको भनेर आरोप लगाउने गरेको गुनासो गर्दै नेता गौतमले भने, ‘मैले पनि गल्ती गरेकै हो भनेर आजको प्रस्तावमा पनि लेखेको छु । वामदेव लागेको भए पार्टी जोगाउन सकिन्थ्यो भन्नुभयो। यो साँचो हो, म लागेको भए पार्टी विभाजन हुँदैनथ्यो। म आत्मालोचित भएको छु।’

नेता गौतमले तत्कालीन नेकपाको सचिवालय सदस्यहरुले चाहेको खण्डमा त्यतिबेला नेकपा विभाजित नहुने बताए । ‘यो काम सचिवालयभित्रबाट पार्टी विभाजनअघि नै गर्नुपर्थ्यो, सबैले सक्नुहुन्थ्यो तर गर्नु भएन। मैले पनि गर्न सकिनँ। मैले पार्टी विभाजन हुन्छ भने कल्पनै गरिनँ’, नेता गौतमले भने ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध भएको अविश्वास प्रस्ताव र ओलीले गरेको संसद विघटनका कारण पार्टी विभाजित भएको उनको भनाई छ । ‘हामीभित्र मतभिन्नताहरु हुन सक्छन्, ती मतभिन्नताहरु आवश्यक छलफल नगरी, समाधानको प्रयत्न नभई एकाएक एउटा अध्यक्ष प्रधानमन्त्रीको विरुद्धमा अविश्वास प्रस्ताव,’ उनले भने, ‘त्यसको जवाफमा संसद नै विघटन गरेर निर्वाचनमा जान्छु भन्ने घटनामा हामी सहमत हुन सकेनौं। मेरो विचारमा कोहीपनि सहमत हुन नपर्ने हो ।’

यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरूलाई दबाब दिएर एमसीसी सम्झौता संसद्‍बाट पारित गराएको बताए । ‘कांग्रेसलाई मात्र नेतृत्व सुम्पने हो भने नआउनुपर्ने एमसीसीजस्ता कार्यक्रमहरू आउँछन् । एमसीसी पनि कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवाका पालामै तत्कालीन अर्थमन्त्रीले हस्ताक्षर गर्नुभयो । अहिले पनि गठबन्धनका पार्टीलाई उहाँले दबाब दिनुभयो । त्यसपछि प्रचण्ड पनि प्रचण्ड रहनु भएन उहाँ पुष्पकमल दाहाल मात्र रहनु भयो । माधव नेपाल पनि खुट्टा कमाउन्नँ भन्नुहुन्थ्यो तर त्यसो भएन’, उनले भने ।

प्रतिक्रिया सबै