zoom crack download zoom download desktop client zoom cloud meeting download for windows 10 64 bit zoominfo stock symbol - zoominfo stock symbol zoom previous version download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्तारुढ गठबन्धन नेताहरूबीच सहमति

 शनिबार, असार ११ २०७९  

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठकमा आजै मन्त्रिपरिषदको बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति भएको हो ।

गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने, वजारको अनुगमन कडाईका साथ गर्नुपर्ने र पेट्रोलिय पदार्थको मुल्य पनि घटाउन पर्ने प्रस्ताव गरेका थिए ।

पौडलको प्रस्ताव अनुसार तत्काल मन्त्रिपरिषदको बैठक बसेर पेट्रोलियम पदार्थमा लागेको कर कम गर्ने र तेलको मुल्य घटाउन आयल निगमलाई निर्देशन दिने निर्णय भएको हो । यस्तै बेठकमा सरकारले बजार अनुगमनलाई पनि कडाई गर्ने सहमति भएको छ ।

प्रतिक्रिया सबै