१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

एकीकृत समाजवादीमा नयाँ ट्वीस्ट: प्रेम आलेसहित ६ सांसदले गरे हस्ताक्षर फिर्ता

 शनिबार, असार ११ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन् ।

एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिएका थिए । स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरु बाहेकका सांसदले हस्ताक्षर फिर्ता गरेका हुन् । निरा देविलाई हस्ताक्षर फिर्ता गराउन प्रयास भइरहेको बुझिएको छ ।

सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र नीरा जैरुले पनि हस्ताक्षर गरेका थिए । मन्त्रीहरूलाई अपराधीको जस्तो व्यवहार गरिएको भन्दै ध्यानाकर्षणपत्रमा गुनासो गरिएको छ ।

प्रतिक्रिया सबै