install zoom client on pc start zoom meeting download zoom cloud meeting download for windows 10 free download zoom program how do you test audio on zoom app zoom for pc download windows 10
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

अश्मिना रोइरहेको ‘त्यो तस्बिर’

 शनिबार, असार ११ २०७९  

काठमाडौं । सामाजिक सञ्जालमा अहिले नेपालको एकजना खेलाडी रोईरहेको तस्बिर भइरल भएको छ । एसीसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा यूएईलाई सामान्य योगफलमा सिमित गरेपनि अगाडि बढ्न नसकेपछि नेपाली टोलीका एक सदस्यलाई रोइरहेको र उनलाई प्रशिक्षकलगायतले सान्त्वना दिइरहको उक्त तबिरर सामाजिक सञ्जालमा अहिले भइरल छ ।

ती रोईरहेकी खेला हुन् बलर अस्मिना कर्माचार्य । टस जितेर बलिङ रोजेको नेपाली टोलीले यूएईलाई ८१ रनमा सिमित गरेपछि पहिलोपटक एसिसी महिला टी-२० च्याम्पियनसिपको फाइनलसम्म पुग्ने आधार बलियो देखिएको थियो ।

३.५ ओभरमा केवल १० रन खर्चिएर ५ विकेट लिएकी अस्मिनाले दुवै ओपनर र तल्लोक्रमका तीन जना ब्याटरलाई आउट गरेकी थिइन्। एउटा क्याच पनि लिएकी थिइन्। तर, दुर्भाग्य नेपालले लक्ष्य पाएपछि ब्याटिङ गर्न पाएन ।

वर्षाका कारण खेल सम्भव नभएपछि समूहगत चरणको नतिजाका आधारमा यूएई अगाडि बढ्यो र नेपाली महिला क्रिकेट टोलीले सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेख्य सफलता हात पार्नबाट चुक्नु परेको थियो ।

सन् २००७ मा नेपाल सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सहभागितामै फाइनल पुगेको थियो । त्यतिबेला बंगलादेशसँग पराजित भएर उपाधि जित्न असफल भएको थियो । त्यस यता भने नेपाली महिला टोली सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा फाइनलमा पुग्न सकेको छैन ।

अस्मिनाले यूएईविरुद्ध बलिङ गरेको २३ बलमध्ये १६ बलमा विपक्षीले रन जोड्न सकेको थिएन । महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि नेपाली महिला क्रिकेटरले एकै खेलमा पाँच विकेट पनि लिएका थिएनन् । उनले महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ७ खेलमा १० विकेट लिएकी छन् ।

२२ वर्षीया अस्मिनाले शुक्रबार सामाजिक सन्जालमा लेखेकी छन्, ‘आज मप्रति देखाएको माया र सहयोगले निकै खुसी छु । केही कारणले गर्दा फाइनल पुग्न नसकेकामा निकै निराश छु। तर अब यहाँबाट अगाडि र माथी बढ्ने हो । मायाप्रति सबैलाई धन्यवाद। आज धेरै कुरा सिकियो ।’ नेपाल फाइनल पुग्न सकेको भए एसिसी महिला टी—२० एसिया कपका लागि पनि छनोट हुने थियो ।

प्रतिक्रिया सबै