zoom cash loan app download can we use zoom on laptop zoom app login join meeting zoom audio not working on laptop - zoom audio not working on laptop zoom meeting app for pc free download windows 10 zoom download msi installer - zoom download msi installer
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्यो, नयाँ मूल्य आजै मध्यरातदेखि लागू हुने

 शनिबार, असार ११ २०७९  

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।

शनिबार (आज) बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल, मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।

अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल, मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।

सरकारले घटाएको डिजेल र पेट्रोलको नयाँ मूल्य आज (शनिबार) मध्यरातिदेखि लागू हुने भएको छ । सरकारले घटाएको डिजेल र पेट्रोलको नयाँ मूल्य शनिबार मध्यरातिदेखि लागू हुने भएको छ ।

यो पनि

पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २८ रुपैयाँ मूल्य घटाउने सरकारको घोषणा

प्रतिक्रिया सबै