zoominfo stock ipo - zoominfo stock ipo join zoom meeting with password and id zoom guitar lab 5.0 download zoom pc nec - zoom pc nec join zoom meeting with id & password zoom download 4.6.8
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

एमालेका १० भाइप्रति माधव नेपालको आक्रोस- तिमीहरु दास हौ, धारेहात लगाउँने दुस्साहस नगरुन्

 शनिबार, असार ११ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो साथ छाडेर एमालेमै बसेका १० स्थायी कमिटी सदस्यप्रति आक्रोश पोखेका छन् ।

शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले १० भाई एमालेमा पदीय गरिमका सम्मान नपाएर दास भएर बसेको बताए ।

१० भाइको दिमागबाट अझै नशा उत्रि नसकेको टिप्पणी गर्दै अध्यक्ष नेपालले भने– ‘नेकपा एमालेबाट विद्रोह गर्नु जायज थियो । हामीले नगरेको भए कि दास भएर बस्नुपथ्र्यो कि राजनीतिबाट पलायन हुनुपथ्र्यो । अहिले म कथित १० भाइका कुरा सुन्दैछु,उनीहरुको दिमागबाट नशा उत्रेको छैन । तथानाम लेखिरहेका छन्, म हेरिरहेको छु’, उनले भने, ‘उनीहरु त्यहाँ दास भएर बसेका छन्, पदीय गरिमका सम्मान पाएका छैनन् तर पनि दास भएर बसेका छन् । म चेतावनी दिन्छु हामीलाई धारेहात लगाउँने दुस्साहस नगरुन् । दिमागबाट नसा उत्रेछेको छैन ? तथााम लेखिरहेका छन्, दास भएर बसेका छन्, पदीय गरिमाको सम्मान पाएका छैनन् । धारेहात लगाउँने दुस्सासह नगरुन् ।’

एकीकृत समाजवादीमा पछिल्लो उत्पन्न संकटका विषयमा नेता योगेश भट्टराई लगायत १० बुँदे पक्षधर नेताहरुले माधव नेपालले पश्चापात गर्नुपर्ने टिप्पणी गरेकोमा उनले आक्रोश पोखेका हुन् ।

प्रतिक्रिया सबै