zoom meeting 5.0 download zoominfo stock price today - zoominfo stock price today zoom india download zoom app icon download link for zoom microsoft zoom free download zoominfo stock ipo date
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

एकीकृत समाजवादीका मन्त्री परिवर्तन नहुने, नयाँ मन्त्रीलाई सपथ गराउन ध्यानाकर्षण

 शनिबार, असार ११ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

काठमाडौँमा शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले अब प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खिन नसक्ने भन्दै तत्काल पार्टीले सिफारिस गरेका नयाँ मन्त्रीहरूलाई सपथ गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

समाजवादीबाट सिफारिस भएका व्यक्तिहरूको सपथमा ढिलाइ भए अपमानका रुपमा बुझिने बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले बताए । मन्त्री परिवर्तनको सूचीमा हेरफेर नहुने र यसअघि गरेको निर्णय हुबहु कार्यान्वयन हुने उनले बताए ।

मन्त्री हेरफेरका विषयमा कुनै माग कुनै सर्त वा कुनै निवेदनले काम नगर्ने भन्दै कुनै विषयमा छलफल गर्नुपर्ने भए बैठकमा नै छलफल हुने उनको भनाई थियो ।

बैठकले गठबन्धनलाई जोड दिँदै पारस्परिक लाभका आधारमा अन्य दलसँग सहकार्य गर्न गठबन्धन गर्न समाजवादी तयार भएको निष्कर्ष पनि निकालेको छ । देशको राजनीतिमा नयाँ शक्ति सन्तुलन देखा परेको र समाजवादीको भूमिका आवश्यक रहेको देखिएको निष्कर्ष रहेको उनले बताए ।

प्रवक्ता खतिवडाका अनुसार बैठकमा आम निर्वाचनको तयारी गर्ने लगायतका विषय समेटिएको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको र केन्द्रीय परिषद्को बैठकमा समूहगत रुपमा छलफल हुनेछ ।

प्रतिक्रिया सबै