zoom app helpline number zoom app basic why is my zoom speaker not working on laptop - why is my zoom speaker not working on laptop windows 10 app zoom download zoom on hp zoom conference download gratis zoom install msi - zoom install msi
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

सूर्यविनायकद्वारा एक अर्ब ९२ करोड १८ लाखको बजेट पारित

 शनिबार, असार ११ २०७९  

काठमाडौँ। सूर्यविनायक नगरपालिकाको आगामी आव २०७९÷८० का लागि रु एक अर्ब ९२ करोड १८ लाख ७७ हजारको बजेट पारित गरेको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षता सम्पन्न ११औँ नगरसभामा उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आव २०७–८० को आय–व्यय प्रस्तुत गर्नुभएको बजेट सभाले पारित गरेकी हुन् ।

नगरपालिकाले चालुतर्फ रु २४ करोड ८२ लाख ३५ हजार, सामाजिक सुरक्षा भत्तामा रु १६ करोड, सशर्तका कार्यक्रम सञ्चालन गर्न रु २६ करोड ६७ लाख ८४ हजार, चालु खर्चतर्फ रु २५ करोड २५ लाख र पूँजीगततर्फ रु ९९ करोड ४३ लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।

नपाले आन्तरिक राजस्व परिचालनबाट रु २२ करोड २८ लाख ७५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट रु ३५ करोड, चालु आर्थिक वर्षको राजस्व बचतबाट रु २५ करोड, सङ्घ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु २५ करोड पाँच लाख १३ हजार, सङ्घ र प्रदेशबाट प्राप्त सशर्त अनुदान रु ४२ करोड ६७ लाख ८४ हजार, प्रदेशबाट प्राप्त विशेष अनुदान रु ७५ लाख, सङ्घ तथा प्रदेशको राजस्व बाँडफाँटबाट रु १५ करोड ४२ लाख पाँच हजार, समपूरक योजना कार्यान्वयनका लागि जिल्ला समन्वय समिति र प्रदेशबाट रु पाँच करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट रु १६ करोड, सडक बोर्डबाट रु एक करोड र नगद लागत सहभागिताबाट रु चार करोड प्राप्त हुने अनुमान गरेको छ ।

बजेटमा स्वास्थ्यतर्फ नगरपालिकाको आन्तरिक स्रोतबाट कूल रु सात करोड ५५ लाख र सशर्ततर्फ रु चार करोड ७६ लाख आठ हजार गरी कूल रु १२ करोड ३१ लाख आठ हजार विनियोजन गरिएको छ । साथै सुलभ र गुणस्तरीय सेवाको पहुँच सुनिश्चित गर्न नगरपालिका क्षेत्रभित्रका सबै स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य पूर्वाधार, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री एवं उपकरणको समुचित प्रबन्धका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । जगातीस्थित सूर्यविनायक नगर अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया सबै