zoom download for windows 11 laptop zoom meeting beitreten ohne app download zoom free for laptop download zoom portugues zoominfo extension not loading - zoominfo extension not loading zoom app for interview zoom app meeting id download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

अमेरिकाको शिकागोमा गोली प्रहार, एक जनाको मृत्यु

 आइतवार, असार १२ २०७९  

न्युयोर्क। शिकागोको एउटा गोदाममा गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गोली लागेर एक जनाको मृत्यु भएको र घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बोलिङब्रुक प्रहरी विभागले जनाएको छ ।

संदिग्ध आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन ल्याउने तयारी भइरहेका बेला पछिल्लो हमला भएको हो ।

बन्दुक नियन्त्रण सम्बन्धी विधेयक अमेरिकी माथिल्लो सदन सिनेटबाट पारित भइसकेको छ ।

तल्लो सदनबाट पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र यो कानुन बन्नेछ ।

प्रतिक्रिया सबै