ललितपुर महानगरपालिकामा पानीपुरी र चटपटे निषेध
आइतवार, असार १२ २०७९

काठमाडौं । आजदेखि ललितपुर महानगरपालिकाले पानीपुरी र चटपटे बिक्री वितरण गर्न रोक लगाएको छ ।
पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जीवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी र चटपटे बिक्री वितरणमा रोक लगाइएको महानगरपालिकाले जनाएको छ ।
महानगरभित्रका सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी तथा चटपटे बिक्री वितरण रोक्न भनेको महानगर प्रहरी प्रमुख सीताराम हाछेंथूले बताएका छन् ।
कसैले पानीपुरी र चटपटे बिक्री वितरण गरेको पाइएमा कारबाही हुुनेछ । नगर प्रहरीले पानीपुरी नबेच्न आग्रह गर्दै आइतबार बिहानैदेखि माइकिङ गरेर जानकारी गराइरहेको हाछेंथूले बताए ।
महानगरका अनुसार रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने जनाइएको छ । पानी शुद्ध प्रयोग गरेको छ कि छैन भनेर हेरेपछि मात्रै बिक्री वितरण गर्न दिइनेछ ।
प्रतिक्रिया
सबै