zoom client for meetings download for free zoom download for laptop free windows 10 latest zoom app free download zoom online meeting join from browser download and install zoom free - download and install zoom free download zoom for window 10 zoom download gratuit
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

मन्त्री आलेले बुझाए माधव नेपाललाई ‘राजीनामा पत्र’

 आइतवार, असार १२ २०७९  

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम ओलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् ।

उनले मन्त्री हेरफेर गर्ने निर्णयलाई नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिले अनुमोदन गरेसँगै पार्टीको निर्णय जुनसुकै बेला कार्यान्वयन गर्न आफू तयार रहेको ब्यहोराको पत्र अध्यक्ष नेपाललाई बुझाएका हुन् ।

मन्त्री आलेले २४ घण्टाभित्र आफू मन्त्री पद छाड्न तयार रहेको प्रतिबद्धता जनाएको पार्टी महासचिव बेदुराम भुसालले बताए । सोही अनुसार मन्त्री आलेले राजीनामा गर्ने प्रतिबद्धता पत्र बुझाएको उनले बताए ।

मन्त्री हेरफेरको विषयमा पार्टीभित्र विवाद रहेको छ । पार्टीका मन्त्रीहरूले पार्टीले नयाँ मन्त्रीका लागि सिफारिस गरेभन्दा फरक नामहरू मन्त्रीका लागि सिफारिस गर्नुपर्ने भन्दै नयाँ सूची नै तयार पारेका थिए । पार्टीले मन्त्रीका लागि सिफारिस गरेका नामहरू समावेशी नभएको भन्दै नयाँ नामको सूची उनीहरुले तयार गरेका हुन् ।

​पार्टीको स्थायी कमिटी बैठकले तय गरेको नयाँ मन्त्रीको नाम अब हेरफेर नहुने पार्टीले बताएको छ । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको बताए ।

प्रतिक्रिया सबै