४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन नसक्नु सरकारको कमजोर : योगेश भट्टराई

 आइतवार, असार १२ २०७९  

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले विद्यालयमा पाठ्यपुस्तक नपुर्याउनु सरकार दोषी रहेको बताएका छन् ।

आइतबर संसद् बैठकमा उनले कुल विद्यार्थी संख्यामा सामुदायिक विद्यालयमा ७५ प्रतिशतले अध्ययन गर्ने उल्लेख गर्दै भने ,‘निजी क्षेत्रबाट छापिएका १ देखि ३ कक्षसम्मको पुस्तक पुगेको छ । जनक शिक्षाले छाप्ने कक्षा ४ देखि १० सम्मको पुस्तक पुगेको छैन ।’

काठमाडौंका सामुदायिक विद्यालयमा समेत ३० प्रतिशत पुस्तक नपुगेको उनको भनाई छ । ढुवानी सहज भएका स्थानमा समेत पुस्तक नपुगेको सुनाउँदै उनले दुर दराजमा हालत के होला भनि प्रश्न राखे ।

पुस्तककै कारण विद्यार्थी विद्यालय नजाने अवस्था आएको उनले बताए । ‘प्रथम त्रैमासिक परीक्षाको समय आएको छ । विद्यार्थीले के लेखेर परीक्षा दिन्छन् ?’ उनले सरकारको जवाफ पनि मागे ।

प्रतिक्रिया सबै