future zoom music download zoom aus download zoom cloud meeting app download for microsoft why is zoom app not downloading zoom meeting zoom meeting - zoom meeting zoom meeting future zoom download livemixtapes airpods mic not working with zoom windows 10 - airpods mic not working with zoom windows 10
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

सांसद रंगमती शाहीको आक्रोश : के कर्णालीमा वन मान्छे बस्छन् ?

 आइतवार, असार १२ २०७९  

काठमाडौं । हुम्लाका सांसद रंगमती शाहीले सरकारले कर्णालीलाई बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हुम्लामा अहिलेसम्म पाठ्यपुस्तक नपुगेको र एउटा सरकारी आंगिक क्याम्पस पनि नरहेको बताइन् । राज्यको कर्णालीलाई हेर्ने दृष्टिकोण कहिल्यै बदलिन नसकेको पनि उनले बताइन् ।

‘हुम्ला जिल्लाले अहिलेसम्म किताब पाएको छैन । एउटा आंगक क्याम्पस पनि पाएको छैन । म ४ वर्षदेखि आंगिक पाउनुपर्छ भनिरहेको छ, प्रोसेसमा छ भन्छन्, अहिलेसम्म शिक्षा मन्त्रालयको ध्यानाकर्षण किन हुँदैन । कर्णालीलाई हेर्ने नजर किन बदलिएन, के कर्णालीमा बनमान्छे बस्छन् त ?’, उनले पश्न गरिन् ।

नेपाली कांग्रेसका सांसद रहेकी शाहीले विगतमा कांग्रेस प्रतिपक्षमा हुँदा यही प्रश्न उठाएको आफूले अहिले पनि त्यही प्रश्न गर्नुपरिरहेको उल्लेख गरिन् । सत्तापक्ष, प्रतिपक्ष दुबैले कर्णालीमा मान्छे बस्छन् भन्ने नठानेको उनले बताइन् ।

संविधानले आमाको नाममा नागरिकता पाउने अधिकार दिए पनि अहिलेसम्म नागरिकता विधेयक रोकिँदा धेरै नागरिकहरु गैर नगरिक बनिरहेको सांसद शाहीको भनाई छ । राजनीतिक दलहरुले दलगत स्वार्थ हेर्दा नागरिकले नागरिकता पाउन नसकेको उनले बताइन् । त्यसैले ‘चाँडो भन्दा चाँडो यो विधेयक छलफल होस्’ उनले भनिन् ।

प्रतिक्रिया सबै