download zoom pwa zoom app internet speed requirements bulk download zoom recordings download zoom uf zoom login online join meeting google - zoom login online join meeting google download from zoom why is my zoom audio not working on windows
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

गायिका दिलमायाको भावुक ‘सुसाइड नोट’ : मसित थोरै सुन छ बेचेर छोरालाई दिनू !

 आइतवार, असार १२ २०७९  

काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनार शनिबार मृत भेटिइन् । प्रहरीले काठमाडौंको तारकेश्वर—११ नेपालटारस्थित डेरामा उनी बिहान मृत भेटिएको जनाएको छ ।

दिलमायाले शुक्रबार राति फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । उक्त स्टाटसमा उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिनु पनि भनेकी छन् ।

यस्तो छ उनले लेखेको नोट
नमस्कार सबै जनामा मिठो सम्झना छ । जिन्दगीमा उचारचढाव धेरै भोगेँ । तर जब म जान्ने भए अनि म एक्लो भएँ । कसैको माया माया पाउन जति कोसिस गरे पनि सकिनँ । तर पनि हार खाइनँ । तर ऐले धेरै गाह्रो भयो । म बाचेर पनि दिनदिनै मर्न सकिनँ । आमा तिम्री छोरी धेरै थाकिछे । जिन्दगीको मोडमा धेरै अप्ठेरा आए । पार पनि गरेँ । जसलाई राम्रो गर्छु भने पनि भएन । म कहाँ जाऊ आमा ? दुःख पोख्न माइती आउँ भने तिमीलाई सबै कुरा थाहा छ । म भित्रभित्रै मरेर बाचेछु । आमा म नभएर के भो त चार बहिनी छोरी छन् । मन बुझाउनू । नरुनू । छोरा तिमीलाई धेरै पढाउन मन र ठूलो मान्छे बनाउन मन थियो । सकिनँ । तिमी जसरी भए पनि ठूलो मान्छे बन्नु है । म नभए त पनि मेरो आशिर्वाद् सधैँ तिमिसित हुनेछ । बहिनी हर्ष आमालाई गाली नगर्नू । आमा बाँच्दासम्म मेरो कमी हुन नदिनू । मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनू जसले भए पनि । म थाकेँ । धेरै थाकेँ । अब म बाँच्न सक्दिनँ । यो दुनियाँ धेरै स्वार्थी छ । म आफ्नो इच्छाले यो कदम चाल्दै छु । कसैलाई दोष छैन । कसैले खोजी नीति पनि नगर्नू । मलाई पोष्टमार्टम पनि नगर्नू । मसित पैसा छैन । मसित थोरै सुन छ । त्यो सुन बेचेर मेरो छोरालाई दिनू । घरबेटीहरूलाई कसैले केही नगर्नू । अरसलाई पनि कसैलाई केही नगर्नू । मेरो शव जसरी हुन्छ घरसम्म पुर्‍याइ दिनू । अफ्ठेरोमा मेरो छोरालाई हेर्दिनू । छोरा चिन्ता नगर्नू । यही सम्झिनू मेरो आमा सानैमा मरेको हो भनेर मन बुझाउनू । सबैले मलाई कायर भन्नुहुन्छ होला । मलाई बाच्न अति गाह्रो भयो । कति बेला के हुन्छ थाहा छैन मेरो जीवन ।

https://www.facebook.com/dilmaya.sunar.355/posts/579639910430752

 

यो पनि

गायिका दिलमाया सुनारको मृत्युबारे अनुसन्धान गर्दै प्रहरी, स्टाटसमा पनि आशंका

दिलमायाको कोठाबाट भागेका थिए एक पुरुष !

प्रतिक्रिया सबै