filter download for zoom bulk download zoom recordings zoominfo extension for edge download recording from zoom zoom offline installer for pc - zoom offline installer for pc
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

इन्स्टाग्रामले थाल्यो ‘उमेर पहिचान गर्ने’ सेवा

 आइतवार, असार १२ २०७९  

काठमाडौं । फोटो सेयरिङका लागि चर्चित रहेको अमेरिकी सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताहरूको उमेर पहिचानका लागि नयाँ विकल्पको परीक्षण सुरु गरेको छ ।

इन्स्टाग्रामले गत वर्ष भएको चर्को विरोधपछि इन्स्टाग्राम किड्सको लन्च रोकेको थियो । पहिलो चरणमा अमेरिकाका प्रयोगकर्ताहरूबाट इन्स्टाग्रामले परीक्षण सुरुवात गरेको रोयटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

इन्स्टाग्रामको अनुसार यसले व्यक्तिको उमेर प्रमाणित गर्न दुई नयाँ तरिकाहरू परीक्षण गरिरहेको छ । साथै प्रयोगकर्ताहरूलाई उनीहरूको पहिचान प्रमाण अनलाइन अपलोड गर्न मिल्ने पनि व्यवस्था मिलाउने छ ।

मेटाले एक ब्लग पोस्टमा भनेको छ, हामीलाई कोही किशोर १३-१७ वर्ष हो भन्ने थाहा हुन्छ । हामी उनीहरूलाई व्यक्तिगत खाताहरूमा नै सीमित राख्ने, उनीहरूलाई नचिनेका वयस्कहरूबाट अनावश्यक सम्पर्क राख्नको लागि रोक्ने र विज्ञापनदाताहरूले उनीहरूसम्म पुग्न सक्ने विकल्पहरू सीमित गर्ने जस्ता उमेर-उपयुक्त अनुभवहरू प्रदान गर्नेछौँ ।

इन्स्टाग्रामले प्रयोगकर्ताको गोपनीयता सुनिश्चित गर्न एक अनलाइन उमेर प्रमाणीकरणमा विशेषज्ञ कम्पनीसँग साझेदारी गरेको जनाएको छ । इन्स्टाग्रामका अनुसार प्रयोगकर्ताहरूले आफ्नो उमेर प्रमाणित गर्न भिडियो सेल्फी अपलोड गर्न सक्छन्, त्यसपछि यस टेक्नोलोजीले अनुहारको फिचरहरूको आधारमा उमेर अनुमान गर्दछ । मेटा र यो अनलाइन कम्पनी दुवैले उमेर प्रमाणीकरण गरेपछि इमेज मेटाउनेछ । दोस्रो विकल्पमा भने कम्तिमा १८ वर्ष पुगेका तीन म्युचुअल फलोअर्सहरू चयन गरेर प्रयोगकर्ताको उमेर पुष्टि गरिने छ ।

प्रतिक्रिया सबै