दिलमायाको कोठाबाट भागेका थिए एक पुरुष !

काठमाडौं । गायिका दिलमाया सुनार शनिबार बिहान काठमाडौंस्थित कोठामै मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीका अनुसार अन्दाजी ३० वर्षीय लोकदोहोरी गायिका दिलमायको बालाजु नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन् ।
मृत्युको कारण आत्महत्या वा अरु भन्नेबारे खुल्न भने बाँकी छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । सुनारको मृत्यु हुँदा एक जना पुरुष पनि साथमै रहेकाले घटना थप शंकास्पद बनेको अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकृतको भतनाई छ ।
शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा पनि लिइसकेको छ । अस्पतालबाट पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको कारण खुल्ने प्रहरीले जनाएको छ । दिलमायाको मृत्युबारे अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार केही समयअघिबाटै उनी श्रीमानसँग सम्बन्ध विच्छेद गरी काठमाडौंमा बस्दै आएकी थिइन् ।
उनका एक छोरा छन् । उनी सुर्खेतमा मामाघरमा बस्दै आएको पनि खुलेको छ । यता काठमाडौंमा सुनार गहना पसलमा काम गर्ने एक व्यक्तिसँग ‘लिभिङ टुगेदर’मा भएको पनि खुलेको प्रहरीको भनाई छ ।
दिलमायाको मृत्यु हुँदा ती व्यक्ति एउटै कोठामा थिए । हाल प्रहरी नियन्त्रणमा रहेका उनले आफू घटना हुँदा एउटै कोठामा रहेको स्विकारेका छन् । तर, आफू निद्रामा भएका बेला सुनारले सलले पासो लगाएर आत्महत्या गरेको उनले दाबी गरेको प्रहरीको भनाई छ ।
तर, घटनापछि उनी फरार भएका कारण सुनारको मृत्यु‚ आत्महत्या वा मारिएको हो भन्नेमा निचोडमा पुगिसकेको छैन । पासो लगाएको भनिएको सल र मृतक सुनारको मोबाइल घटनास्थलमा फेला परेको छैन । जसलाई प्रहरीले घटना लुकाउन शंकास्पद ती व्यक्तिले चलखेल गरेको हुन सक्ने आशंका गरेको छ ।
मृतक दिलमायाको फेसबुक र टिकटक अकाउन्टमा पनि उनले निराशाजन्य सामग्री तथा भिडियो पोस्ट गरेकी छन् । ती पोस्ट उनी आफैंले वा उनीसँगै बस्ने अर्का व्यक्तिले गरेको हो भन्नेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ्नुहोस्
गायिका दिलमाया सुनारको मृत्युबारे अनुसन्धान गर्दै प्रहरी, स्टाटसमा पनि आशंका
गायिका दिलमायाको भावुक ‘सुसाइड नोट’ : मसित थोरै सुन छ बेचेर छोरालाई दिनू !