download zoom 5.6 download zoom 64 bit windows 10 join a zoom meeting online free why isn't my mic working on zoom laptop download free zoom for windows 10 zoominfo stock price how do i download an older version of zoom - how do i download an older version of zoom
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

काठमाडौं उपत्यकाका ९ स्थानमा हैजा देखियो, कति छन् बिरामी ?

 आइतवार, असार १२ २०७९  

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जनाएको छ ।

पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी रहेको कार्यालय स्रोतको भनाई छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ ।

संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत देखिएको जनस्वास्थ्यविद्हरुको भनाई छ ।

आइतबारबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंले वितरण हुने जार, बोतल तथा टयांकर व्यवसायीहरुको वितरित पानी गुणस्तर अनुगमन गर्ने भएको छ ।

प्रतिक्रिया सबै