zoom pch-8 - zoom pch-8 join a zoom meeting online with id free download zoom on laptop zoom app lawsuit log into zoom meeting with id and password - log into zoom meeting with id and password zoom install for windows 10 - zoom install for windows 10 zoom app download free windows 10
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

मन्त्री झाँक्रीले सरकार छाड्दै

 आइतवार, असार १२ २०७९  

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबार सरकार छाड्ने भएकी छन् । उनले आइतबार नै मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छन् ।

उक्त पत्रकार सम्मेलनमार्फत मन्त्री झाँक्रीले मन्त्रालय छाडेको जानकारी गराउने तयारी छ । स्रोतका अनुसार कर्मचारीसँग विदाइ कार्यक्रम पनि आइतबार नै राखिएको छ । नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्री फिर्ता बोलाएर नयाँ नेताहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर मन्त्रीहरुले बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ दिएर सरकार छाड्ने बताएका थिए ।

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएकी मन्त्री झाँक्रीले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सरकार छाड्ने जानकारी गराउने भएकी हुन् ।

एकीकृत समाजवादीबाट मन्त्री भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पनि आइतबार नै सरकार छाड्ने घोषणा गर्न पत्रकार सम्मेलन आयोजना गरेका छन् । उनले आइतबार नै अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका थिए ।

प्रतिक्रिया सबै