hack zoom app download apphax is it safe to download zoom on my laptop download aplikasi zoom untuk pc download download zoom c├´ch download zoom vß╗ü m├´y t├¾nh free download zoom app for windows bu zoom download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

राष्ट्रिय स्तरको विज्ञान सम्मेलन सुरु

 आइतवार, असार १२ २०७९  

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले हरेक ४ वर्षमा गर्दै आएको राष्ट्रिय स्तरको विज्ञान सम्मेलन सुरु भएको छ ।

‘समाजका लागि विज्ञान तथा समृद्धिका लागि नवप्रवर्तन’ भन्ने नाराका साथ नवौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन आइतबारदेखि सुरु भएको हो ।

तीन दिनसम्म चल्ने यो सम्मेलनमा १५ वटा विभिन्न विधा र २० वटा विभिन्न विषयहरुमा गरी ३८० वैज्ञानिक कार्यपत्रहरु प्रस्तुत हुने नास्टकी प्रवर्द्धन तथा प्रचार महाशाखाकी प्रमुख लुना बज्रले जानकारी दिए । कार्यपत्रहरुमध्ये २६० मौखिक र १२० वटा पोस्टर प्रस्तुति छन् ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समाज परिर्वतनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उनले मुलुक विकासमा विज्ञान सम्मेलनले रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान सचिव प्रमिलादेवी बज्रचार्यले सम्मेलनबाट वैज्ञानिक अनुसन्धान क्षमतामा अभिवृद्धि हुने बताए । सम्मेलनले देशभित्रका ऊर्जाशिल र सिर्जनशील नेपाली वैज्ञानिकहरुलाई थप हौसला प्रदान गर्ने उनको भनाइ थियो ।

नास्टका उपकूलपति सुनिलबाबु श्रेष्ठले वैज्ञानिक समुदायबीचको क्षमता अभिवृद्धि, विज्ञान प्रविधिका विभिन्न विधाका कार्यपत्रहरु प्रस्तुत हुँदा विज्ञानलाई थप व्यापकता गराउने बताए । अनुसन्धान र प्रविधि विकासका लागि मुलुकमा धेरै लगानी आवश्यक भएको उल्लेख गर्दै उनले सम्मेलनले नीति, निर्माणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

सम्मेलन उद्घाटन सत्रमा मोतिबिन्दु रोगका सफल उपचारकर्ता तिलगंगा आाखा अस्पतालका डा.सन्दुक रुइतले कार्यपत्र प्रस्तुत गरेका थिए । डा.रुइतले मोतिबिन्द रोग उपचारको विगतदेखि वर्तमानका घटनाक्रमहरुको बारेमा जानकारी दिइएका थिए ।

विज्ञान सम्मेलनमा नेपाल बाहेक भारत, पाकिस्तान, जापान, बेलायत, अमेरिका, चीन, जर्मनी, अस्ट्रेलियालगायतका देशहरुबा वैज्ञानिकहरुको उपस्थिती छ ।

सम्मेलनमा देश तथा विदेशका गरी ५ सय वैज्ञानिकहरु, अनुसन्धानकर्ताहरु, प्राध्यापक, विद्यार्थीहरु, सरकारी, गैर–सरकारी ,संघ–संस्थाहरुका पदाधिकारीहरुबीच भौतिक रुपमा विज्ञान चर्चा तथा सहकार्यको विषयमा छलफल हुने नास्टले जनाएको छ ।

नास्टले पहिलो राष्ट्रिय विज्ञान सम्मेलन सन् १९८८मा गरेको थियो ।

प्रतिक्रिया सबै