९ आश्विन २०८०, मंगलवार Tuesday 26 September, 2023

विराटनगरका पूर्वमेयर पराजुलीसहित ७ जनालाई कारबाही सिफारिस

 आइतवार, असार १२ २०७९  

काठमाडौं । नेपाली कांग्रेस विराटनगर महानगर समितिले निवर्तमान मेयर भीम पराजुलीसहित ७ जनालाई कारबाही गर्न सिफारिस गरेको छ ।

उनीहरुले आफ्नै पार्टीका उम्मेदवारलाई हराउन अन्य पार्टीका उम्मेदवारलाई सघाएको भन्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पराजुलीसँगै वडाका ७ जनालाई कारबाही गर्न जिल्ला कमिटीमा सिफारिस गरेको हो । निवर्तमान मेयर पराजुली संस्थापन पक्षका हुन् ।

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस विराटनगर—३ ले पार्टीका उम्मेदवारहरूले पराजुलीसहित ७ जनाले असहयोग गरेको भन्दै कारबाहीको लागि क्षेत्रीय समितिमा पत्र पठाएका थिए । सोही पत्र जिल्ला समितिलाई पठाएको क्षेत्रीय सभापति विनोद बस्नेतको भनाई छ ।

रामचन्द्र गौतम कांग्रेस छाडेर नेपाली कांग्रेस बीपीबाट मेयरमा उठेका थिए । यस्तै बुथ सभापति शत्रुघनचन्द्र पौडेल वडाध्यक्षमा बागी उम्मेदवार बनेका थिए ।

पौडेल पराजुलीका भिनाजु पनि हुन् । कारबाहीको सिफारिसमा भीमका दाजु चूडामणि पराजुली पनि छन् । पौडेलले बुथ सभापतिबाट राजीनामा दिएर बागी उठेका थिए ।

कांग्रेसका उम्मेदवार कमल पुडासैनीले एमालेका बासु बस्नेतसँग ४०० मतान्तरले हारेका थिए । कारबाही सिफारिस गरिएकाहरूमा पूर्वजिल्ला सदस्य विनोद निरौला, बुथ सभापतिमा पराजित धर्म बानियाँ धर्मेन्द्र, कृष्ण भण्डारी पनि छन् ।

प्रतिक्रिया सबै