११ आश्विन २०८०, बिहीबार Thursday 28 September, 2023

सिरहामा एक युवकमाथि गोली प्रहार

 आइतवार, असार १२ २०७९  

काठमाडौं । सिरहाको लहानमा एक युवकमाथि गोली प्रहार भएको छ । लहान नगरपालिका—२२ बेली जटियाहीका १८ वर्षीय दिलिप कुमार मुखियालाई गोली हानी गम्भीर घाइते बनाएका हुन् ।

गोलि प्रहार गर्ने १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरू तीन जना सँगै बसिरहेको अवस्थामा सुशान्तले दिलीपलाई गोली हानी घाइते भएको र प्रादेशिक अस्पताल लहान हुँदै थप उपचारको लागि धरान घोपा रिफर गरिएको सिरहा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले सुशान्त चौधरीको साथबाट १ थान पेस्तोल, ५ राउण्ड गोली, १ थान म्यागाजिन र १ थान फायर भएको खोका तथा उनकै घर नजिकैको बाँसघारीबाट १ थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र पेस्तोलमा लाग्ने ४ राउण्ड गोली फेला पारेको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै