१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

कतिपय काम मैले चाहेर पनि गर्न सकिँन : प्रेम आले

 आइतवार, असार १२ २०७९  

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले कतिपय काम आफुले चाहेर पनि गर्न नसकेको बताएका छन् । राजीनामापछि आइतबार पर्यटन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलेले कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्पष्टीकरण दिएका हुन् ।

यस्तै उनले पार्टीका नेताको ‘प्रेसर’ले नियुक्तिमा नराम्रा मान्छेलाई पनि नियुक्ति दिनु परेको बताए । ‘पार्टीका नेताको प्रेसरले नराम्रो मान्छे नियुक्ति गर्नुपर्‍यो, विस्तारै सच्याउँदै गएको थिएँ’, उनले भने । तर, उनले कसलाई, कुन नेताको दबावमा कहाँ नियुक्त गरिएको हो भन्ने खुलाएनन् ।

नेपाल वायुसेवा निगममा युवराज अधिकारीलाई नियुक्त गरेका थिए । आलेले अश्लिल गाली गलौज गरेको अडियो सार्वजनिक भएपछि अधिकारीलाई सरकारले निलम्बन गरेको थियो ।

यस्तै आलेले काम गर्ने सिलसिलामा आफूले गल्ति बोलेको भए आफ्नो त्यस्तो नियत नभएको बुझ्न आग्रह पनि गरे । उनले समयले मागे आफू फेरि मन्त्री हुने उल्लेख गरे । ‘काम गर्दै जाने क्रममा मैले गल्ति बोलेको भए त्यो मेरो नियत थियो भन्ने नठानी दिनुहोला । त्यस्ता त्रुटीबाट म सचेत रहनेछु । मन्त्रीबाट बाहिर गएपछि म सांसदको रुपमा रहने र विकृतिका विरुद्धमा आवाज उठाइरहने छु । समयले मागेमा म पुन नेतृत्वमा फर्किने नै छु । मैले गरेको कामलाई पछि आउने मन्त्रीले निरन्तरता दिने आशा राखेको छु’, उनले भने ।

यसवर्षको बुद्ध जयन्तीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल बोलाएर आजसम्म बुद्धको जन्मस्थानको बारेमा रहेको भ्रम र अन्यौलतालाई चिर्न मोदीबाट बुद्धको जन्म नेपालमा नै भएको हो भनेर बोलेको र सो कार्यक्रमको आफू अध्यक्षता गरेको विषयलाई पनि उनले आफ्नो सफलता भएको बताए ।

नेपालमा पहिलो पटक ५ हजार क्षमताको ध्यान केन्द्र निर्माण सम्पन्न गरेको र प्रधानमन्त्रीबाट उद्घाटन गराइएको उनले बताए । लुम्बिनीलाई प्राकृतिक बनको रुपमा संरक्षण गर्नका लागि बुद्धकालीन प्रजातीका ४० हजार वृक्षारोपण कार्य सम्पन्न गरेको बताए ।

पशुपति क्षेत्रमा विश्वरुपा मन्दिरको शिलान्यास, पशुपतिनाथका खाली भित्ताहरुमा सौन्दर्यीकरणका लागि चित्र लेखन कार्य तथा रंगरोगन सरसफाई गरिएको र अन्य वर्षको तुलनामा गत बर्षको शिवरात्री भव्य र सभ्य रुपमा सफल भएको बताए ।

प्रतिक्रिया सबै