४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

मन्त्रालयबाट रुँदै र हाँस्दै बाहिरिन् झाँक्री !

 आइतवार, असार १२ २०७९  

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् । उनले जिम्मेवारी सम्हालेको आठ महिना २० दिन पछि जिम्मेवारी छाडेर मन्त्रालयबाट आइतबार बाहिरिएकी हुन् ।

झाँक्रीले आफ्नो मन्त्रालयका उपलब्धिबारे जानकारी दिन मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी थिइन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनी निकै भावुक देखिएकी थिइन् । त्यसक्रममा उनी कतिबेला रुने र कतिबेला हाँस्ने समेत गरिन् । बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीले पटक-पटक आँशु पुछेकी थिइन् ।

बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाइसकेपछि उनी पत्रकार सम्मेलनमा उपस्थित भएकी थिइन् ।

मन्त्रालयका कर्मचारीले झाँक्रीलाई खादा लगाएर बिदाइ गरेका थिए । साथै बुद्धमूर्ति उपहार दिएका थिए । मन्त्री झाँक्रीले कार्यक्रममा सम्बोधन गरिनन् । उनले आफू बोल्न सक्ने हालतमा नभएको बताइन् ।

प्रतिक्रिया सबै