१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

नवनियुक्त मन्त्रीले लिए सपथ, आजै कार्यभार सम्हाल्ने

 सोमवार, असार १३ २०७९  

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका चार मन्त्री र एक राज्यमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।

शीतल निवासमा आयोजित समारोहमा जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीले सहरी विकास मन्त्री, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री , भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा हिरा केसीले स्वास्थ्य राज्यमन्त्रीको सपथ लिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदलीय गठबन्धन सरकारको सिफारिसका आधारमा आइतबार मन्त्रिपरिषद् पुर्नगठन गरेका थिए । सपथ लिएका नवनियुक्त मन्त्रीहरूले आजै कार्यभार सम्हाल्दैछन् ।

प्रतिक्रिया सबै