zoom meeting joining 2011 - zoom meeting joining 2011 zoom meeting app download for microsoft edge zoom download latest version zoom download for pc windows 10 64 bit free safe to download zoom
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

कैदीबन्दीले भोट हाल्न पाउने व्यवस्था गर्न सर्वोच्च अदालतको आदेश

 सोमवार, असार १३ २०७९  

काठमाडौं । सर्वोच्च अदालतले कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न आदेश दिएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न अदालतले अन्तरिम आदेश दिएको हो ।

काठमाडौं स्कुल अफ ल का विद्यार्थीद्वय प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त आदेश दिएको हो । कैदीबन्दीलाई पनि मताधिकारको व्यवस्था गर्न माग गर्दै उनीहरुले रिट दायर गरेका थिए ।

लोकतन्त्रसँग जोडिएको गम्भिर सार्वजनिक विषयमा तत्काल केही नगरे नेपाली जनताले संघर्षबाट प्राप्त लोकतन्त्र नै अर्थहिन भई अपूरणीय क्षति हुने दाबीसहित आफूहरुले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कैदीबन्दीको मताधिकार सुनिश्चित गर्न रिट दायर गरेको उनीहरुको भनाई छ । उनीहरुले मतदाता नामावलीमा उनीहरुको नाम समावेश गर्न र उनीहरुको बालिग मताधिकार प्रयोग गर्नका लागि आवश्यक सबै उपयुक्त व्यवस्था मिलाउन पनि माग गरेको छ ।

प्रतिक्रिया सबै