zoom app install for windows zoom cloud meeting for laptop free download zoom technologies download zoom web app link to download zoom conferencing software zoom 5.8.1 download zoominfo engage login tactiq for zoom download
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

राजीनामा दिन्न : अर्थमन्त्री

 सोमवार, असार १३ २०७९  

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिने बताएका छन् । बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताएका हुन् ।

‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु,’ अर्थ मन्त्री शर्माले भने, ‘बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।’

उनले करको दर रेट घटाउने र बढाउने कुरा अर्थ मन्त्रालयको क्षेत्राधिकार र नियमित काम भएको बताए । यसको विरोध गर्नुको औचित्य नभएको र करका दर चलाएर उद्योग क्षेत्र, मुलुक र जनतालाई हित गरेको पनि उनले दाबी गरे ।

‘करको दर घटाउने निर्णयले उद्योग क्षेत्र, मुलुक र जनतालाई हित भन्ने कुरा प्रधान हो,’ अर्थमन्त्री शर्माले भने ‘ तर घटाउन पाइन्न भन्न पाइन्न । कसरी अर्थमन्त्री अनैतिक भयो रु मेरो अधिकारको कुरा हो । यसलाई कथा बुनेर अन्यत्र लैजानु हुन्न ।’

प्रतिक्रिया सबै