drag zoom pro extension free download joining a zoom meeting online free download zoom cloud meeting app zoom - zoom zoom installation windows zoom download not working
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

समाजवादका लागि गरिवी र बेरोजगारीको अन्त्य हुनुपर्छ : उपेन्द्र यादव

 सोमवार, असार १३ २०७९  

काठमाडौं । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्र नै कमजोर अवस्थामा रहेको बताएका छन् । सोमबार ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा अध्यक्ष यादवले जन्म र लिङ्गका आधारमा हुने विभेदका अन्त्य नभएसम्म समाजवादको कल्पना समेत गर्न नसकिने बताए ।

‘यी विभेदहरु जवसम्म अन्त्य हुदैन तवसम्म समाजवादको कल्पना गर्न सकिदैन’, यादवले भने, ‘त्यसमा ध्यान दिनुपर्छ । यसमा विगतमा भएका असमानता सच्याउनुपर्छ । वर्गीय विभेद, जात र कल्चर डिस्क्रेप्सन समाजवादको बाधा हो ।’ उनले कम्युनिस्ट हुँदैमा पनि समाजवाद आउन सम्भव नहुने पनि बताए । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई उपलब्धिका रुपमा लिन सकिएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकिएको उनको भनाई थियो ।

‘अहिले हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर अवस्थामा छ । कुनबेला जाने हो की भन्ने खतरा हुन्छ । अस्ति त झण्डै गएको, बल्लबल्ल जोगाएको फेरि भोली के हुने हो ठेगान छैन’, समाजवादको राजनीतिक, समाजिक, आर्थिक र पर्यावरणीय सेयर सवैले पाउनुपर्ने बताउँदै उनले समाजवादका लागि गरिवी र बेरोजगारीको अन्त्य हुन जरुरी भएको बताए ।

उनले भने, ‘संविधानमा समाजवाद लेखेर हुदैन ।’विभेदहरुको अन्त्य गर्दै कृषि, उद्योगलाई विकास गर्दै अघि बढ्ने हो भने समाजवादको दिशामा अघि बढ्न सकिने उनले बताए ।

प्रतिक्रिया सबै