४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

कर्मचारीको लुटिएको भनिएको कार भेटियो

 सोमवार, असार १३ २०७९  

काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको भारतीयबाट लुटिएको भनिएको कार फेला परेको छ । कैलालीको गोदावरी नगरपालिका १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्रि सडकखण्डमा बेवारिसे अवस्थामा कार भेटिएको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका ४ स्थित गाईमारे भन्ने स्थानमा भण्डारीलाई कुटपिट गर्दै कार लुटपाट भएको थियो । कञ्चनपुकोर भिमदत्त नगरपालिकाबाट डडेलधुराको आलितालतर्फ जाँदै गर्दा बेदकोट नगरपालिका ३ बस्ने भण्डारीले चलाएको कार लुटिएको थियो ।

उनले चलाईरहेको प्रदेश ०३–०१–०२३ च ८७२१ नम्बरको सिल्भर रंगको सुजुकी कारलाई सोही कारमा लिफ्ट मागेर चढेका ३ जनाले सोमबार बिहान लुटेका थिए । चालकलाई फोटो खिच्ने बाहानामा सडक देखि ५० मिटर तल लगी कुटपिट गरी हातखुट्टा बाँधेर सडकबाट तल फाली मोबाइल र पैसासहित कार लुटेर भागेका थिए । भण्डारीको पद्मा अस्पताल गोदावरीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया सबै