४ फाल्गुन २०८०, शुक्रबार Friday 16 February, 2024

एकीकृत समाजवादीलाई रामचन्द पौडेलको प्रश्न : रामकुमारीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

 सोमवार, असार १३ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले ‘नेकपा एकीकृत समाजवादीतर्फत इंगित गर्दै नेतृ रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?’ भन्दै प्रश्न गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद ः चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा उनले मन्त्री बन्न सबैको पालो पुर्‍याउनुपर्ने चरित्र समाजवादी नभएको बताए ।

कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउँदै उनले भने, रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?’ उनले नेकपा एकीकृत समाजवादीतर्फत इंगित गर्दै उनले भने, ‘हामी समाजवादतिर गइरहेका छौं कि कता गइरहेका छौं, हाम्रो चरित्र, आचार र व्यवहारमा समाजवाद छ कि छैन, त्यो महत्वपूर्ण छ ।’

नारा समाजवादको गर्ने तर व्यवहार घोर प्रतिक्रियावादी समान्तवादीको गर्ने प्रवृत्ति देखिएको बताए । ‘अब हाम्रो संस्कार बदलिनुपर्छ, नेता बदलिनुपर्छ, कार्यकर्ता बदलिनुपर्छ’ उनले भने ।

एकीकृत समाजवादीले हालै सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर ४ जना नयाँ नेतालाई सरकारमा पठाएको छ । आइतबार शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट बाहिरिने क्रममा नेता रामकुमारी झाँक्रीले पत्रकार सम्मेलनमा आँसु झारेकी थिइन् । वरिष्ठ नेता पौडेलले एकीकृत समाजवादीले सबै नेताहरुलाई मन्त्री बन्न पालो पुर्‍याउन खोजेको भन्दै त्यो चरित्र समाजवादी नभएको बताएका हुन् ।

प्रतिक्रिया सबै