download speed for zoom app zoom free download zoom app download for school students zoom download para pc zoom install for all users zoom for g suite download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

नेताहरू घमण्डी भए, देश बनेनः चौधरी

 सोमवार, असार १३ २०७९  

काठमाडौं । नव नियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरू घमण्डी भएकाले देश बन्न नसकेको बताएका छन् । सोमबार पद तथा गोपनियताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गरे ।

मन्त्री चौधरीले सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहयोग गर्नुपर्ने बताए । उनले नेताहरुले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै इमान्दारिताको खाडल भर्न अब लाग्ने बेला भएको बताए ।

देश बनाउनको लागि सुदृढ र सशक्त प्रतिबद्धता जनाउन आवश्यक रहेको भन्दै घुस खाने नभइ सामूहिक प्रतिवद्धता जनाएर काम गर्नुपर्ने मन्त्री चौधरीको भनाई थियो । मन्त्रीहरुले घुस खाँदा पैसा धेरै कमाउने र मुलुक नबन्ने र घुस नखाँदा पैसा नहुने भएकोले अफ्ठ्यारो रहेको उनले बताए ।

प्रतिक्रिया सबै