१० आश्विन २०८०, बुधबार Wednesday 27 September, 2023

भारतीय बजार गएका दुई नेपाली महिला बलात्कृत,४ जना भारतीय नागरिक पक्राउ

 सोमवार, असार १३ २०७९  

काठमाडौं । भारतीय भूमिमा दुई नेपाली महिलामाथि बलात्कार गरेको अभियोगमा चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालका अनुसार भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लाको हरैया थानाले घटनामा संलग्न रहेको अभियोगमा चार जना भारतीय युवालाई पक्राउ गरेको हो ।

‘घटनास्थल भारतीय क्षेत्र हो । शंकास्पद चार जनालाई हरैया थानाले नियन्त्रणमा लिएको छ’ उनले भने, ‘यो घटनाको एफआईआर हरैया थानामा दर्ता हुन्छ र त्यहीँबाट कानुनी प्रक्रिया अघि बढ्छ ।’ भारतीय युवाहरूको समूहले राजपुर गाउँपालिका ६ खांग्रा निवासी २ जना महिलालाई बलात्कार गरेको र चार जनामाथि कुटपिट गरेको जानकारी आएपछि नेपाल र भारत पक्षका सुरक्षा अधिकारीहरु घटनास्थल पुगेका थिए ।

खांग्रा नाकामा बसोबास गर्ने नेपालीहरु खाद्यान्न किन्नका लागि भारतीय बजार मनिपुर जाने गर्छन । बीचमा चार किलोमिटर जंगलको बाटो पर्छ । त्यहीँ जंगलमा भारतीय लुटेराहरुले महिलामाथि जबरजस्ती गरेको, कुटपिट र लुटपाट गरेको प्रहरी स्रोतको भनाई छ ।

खांग्रा नाका पुग्न राजपुर ५ जंग्रहवाको सडक भएपनि बर्खाका कारण सडक बिग्रेको छ । कोइलावास हुँदै भारतीय भूमि प्रयोग गरेर खांग्रा पुग्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया सबै