११ मंसिर २०८०, सोमबार Monday 27 November, 2023

अखिल क्रान्तिकारीको महासचिवमा ललित विक निर्वाचित

 मङ्लबार, असार १४ २०७९  

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) महासचिवमा ललित विक निर्वाचित भएका छन् ।

अखिलको चौँथो पूर्ण बैठकले विकलाई महासचिवको जिम्मेवारी दिएको हो । प्रकाश जप्रेल सचिव र प्रतिमा चौधरी कोषाध्यक्षमा चयन भएका छन् ।

नवनियुक्त महासचिव विकले आमनागरिकका मुद्दासँग जोडिएर अखिल क्रान्तिकारीले आन्दोलन गर्दै आएको बताए ।

अखिलले शिक्षा र स्वास्थ्यमा गरिएको व्यापारीकरणविरुद्ध संघर्ष केन्द्रित गर्ने निर्णय पनि गरेको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिक्रिया सबै