how use zoom app zoom torrent download zoom meeting download app windows 10 - zoom meeting download app windows 10 zoom pc client - zoom pc client legal zoom app zoom 5.4.2 download zoom login download - zoom login download hack zoom app download hack
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

युक्रेनको सपिङ मलमा रुसको मिसाइल आक्रमण : १६ युक्रेनीको मृत्यु

 मङ्लबार, असार १४ २०७९  

किभ । युक्रेनको क्रेमेन्चुक सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् ।

‘अहिलेसम्म हामीलाई १६ जनाको मृत्यु र ५९ जना घाइते भएको थाहा छ । तीमध्ये २५ जना अस्पतालमा भर्ना छन्’, आपतकालीन सेवाका प्रमुख सर्गी क्रुकले भने ।

सपिङ सेन्टरमा हमलापछि भग्नावशेष हटाउने र आगो निभाउने कार्य भइरहेको उनले बताए । आक्रमणको समयमा हजारौँ सर्वसाधारण उक्त सपिङ मलमा रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए ।

‘मलमा आगो लागेको छ, उद्धारकर्ताहरू आगो निभाउने क्रममा छन् । पीडितहरूको संख्या कल्पना गर्न असम्भव छ’, जेलेन्स्कीले फेसबुकमा लेखेका थिए । क्रेमेन्चुक सहरको जनसंख्या २ लाख २० हजार छ ।

प्रतिक्रिया सबै