नारायणगढ–मुग्लिन सकड दुईतर्फी सञ्चालन
मङ्लबार, असार १४ २०७९

काठमाडौँ । वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २ बजेर ४५ मिनेटमा भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
लेदो हटाएर बिहान ५ : १० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको सडकमा पुन ६ : १० बजे लेदो झरेपछि एकतर्फी भएको थियो । अहिले ६ : ३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
प्रतिक्रिया
सबै