११ आश्विन २०८०, बिहीबार Thursday 28 September, 2023

हैजा नियन्त्रणका लागि सडकमा खानेकुरा बेच्न रोक, हटलाइन टेलिफोन सञ्चालनमा

 मङ्लबार, असार १४ २०७९  

काठमाडौं । हैजा नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सजिलो होस् भनेर महानगरपालिकाले आजदेखि २४ घण्टा हटलाइन टेलिफोन सेवा सञ्चालन गरेको जनाएको छ ।

नागरिकलाई समस्या परे ११८० नम्बरमा फोन गरेर जानकारी लिन आग्रह गरिएको छ । महानगरपालिकाले हैजा दूषित पानी र खानेकुराबाट लाग्ने भएकाले सडकमा खानेकुरा बेच्न रोक लगाउने भएको छ ।

त्यसका लागि महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । यस अघि लतिलपुर महानगरपालिकाले सडक छेउमा जथाभावी बेच्न राखिएका चट्पट्, पानीपुरी लगायतका खोनेकुरा हटाएको थियो । काठमाण्डौ महानगरले होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ ।

महानगरको स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले विद्यार्थीलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयमा जानकारीमूलक कार्यक्रम गर्ने बताए ।

बिरामीलाई अस्पताल लैजानु परे एम्बुलेन्स सेवाको सुविधा पनि दिइएको प्रमुख त्रिपाठीको भनाई छ । त्यस्तै महानगरपालिकाले पानीको पाइपलाइन तथा ढल फुटेर पानीमा मिसिएको नमिसिएको हेर्न र मर्मत गर्न काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकामा १२ जनामा हैजा पुष्टि भएको छ ।

प्रतिक्रिया सबै