dowload app zoom how do i update my zoom app download zoom invoice zoom download for windows 10 laptop - zoom download for windows 10 laptop zoom room client download zoom cloud meeting app free download for pc
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

 मङ्लबार, असार १४ २०७९  

काठमाडौं । छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका निवासी ३० वर्षीया फूलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेको प्रहरीले जनाएको छ ।

गएको शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई मलमूत्र खुवाएको आरोपमा दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिएका छन् ।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक साहले बताए ।

 

प्रतिक्रिया सबै