आज मदन भण्डारीको ७१ औं जन्मजयन्ती मनाइँदै
मङ्लबार, असार १४ २०७९

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज ७१ औं जन्मजयन्ती मनाइँदैछ ।
मदन भण्डारी फाउन्डेसन र नेकपा एमाले तथा सो पार्टीसँग आबद्ध जनसंगठनहरुले मदन जयन्तीका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् । २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका मदन भण्डारी एमालेको चौथो र पाँचौ महाधिवेशनबाट महासचिव बनेका थिए ।
उनले २०४८ सालको आम निर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि विश्वचर्चित बनेका थिए । भण्डारीको २०५० जेठ ३ गते दासढुंगा जीप दुर्घटनामा रहस्यमय निधन भएको थियो ।
प्रतिक्रिया
सबै