४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

चट्याङ लागेर तीन जनाको मृत्यु

 मङ्लबार, असार १४ २०७९  

काठमाडौं । कैलाली र कञ्चनपुरमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान पानीसँगै परेको चट्याङ लागेर पुनर्वास नगरपालिका वडा नम्बर ६ टाउन बजार बस्ने ४० वर्षीय देवेन्द्र श्रेष्ठ र पुनर्वास नगरपालिका वडा नम्बर ८ पिकनिक स्पोट बस्ने २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जना आआफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । यता कैलालीमा पनि चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

आज बिहान गोदावरी नगरपालिका ३ मालाखेतीमा पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो । रोपाई गर्न गएको बेला कृष्णपुर नगरपालीका ५ का ४८ वर्षका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रतिक्रिया सबै