४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

अविरल वर्षाले बुटवल-पाल्पा सडक अवरुद्ध

 मङ्लबार, असार १४ २०७९  

काठमाडौं । अविरल वर्षाले विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । मंगलबार बिहानैदेखि वर्षा भएपछि बुटवल—पाल्पा सडक अवरुद्ध भएको छ ।

लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलका अनुसार बुटवल-पाल्पा सडकअन्तर्गत सिद्धबाबा नजिकै माथिबाट आएको भेलका कारण सडक अवरुद्ध छ । वर्षाले सडकमाथिबाट आएको छहराको बहाव बढी भएपछि आवागमन नै ठप्प भएको हो ।

यसैगरी पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध भएको छ । खोलामा बाढी आएपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अवरुद्ध भएका दुवै ठाउँमा वर्षा कम भएपछि मात्रै सडक खुल्ने जनाइएको छ ।

प्रतिक्रिया सबै