download zoom brown zoom.us download for pc free download zoom for windows 10 pro 64 bit - download zoom for windows 10 pro 64 bit zoom setup download zoom meeting joining 2020 how download zoom download zoom app for online classes zoom app in microsoft teams
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

सरकारले मल आपूर्ति गर्न नसक्दा किसान चिन्तित

 मङ्लबार, असार १४ २०७९  

काठमाडौं । मध्यान्हको चर्को घाममा दाङको राप्ती गाउँपालिका-५, सिसनियाका रामभजन चौधरीका परिवारका धानको ब्याड काढ्न व्यस्त छन् । काढेको आधा ब्याड घामले सुकेर पहेँलो भएका छन् भने आधा काढ्ने तयारीमा छन् ।

चौधरीले आधाजसो खेत मल बिना रोपाइ भ्याइसकेका छन् । मल आउँछ कि भन्ने आशै आशमा उनको धान रोपाइँ भ्याइन लागिसकेको छ । तर उनले अझै मल पाएका छैनन् । यो बाध्यता चौधरीको मात्र होइन । धान रोपाइँको चटारोले छोएका दाङ देउखुरीका सबै किसानको साझा बाध्यता हो ।

मानो रोपेर मुरी फलाउने आशमा किसान खेतमा धान रोपाइँका लागि भ्याई-नभ्याईमा छन् । तर खेती गर्न रासायनिक मल नपाउँदा यस वर्ष धान उब्जनी हुँदैन कि भन्ने चिन्ताले उनीहरुलाई पिरोलिरहेको छ ।

चौधरीले भने, ‘मल छैन, त्यत्तिकै धान रोप्नु परिरहेको छ । मल पर्खिँदा पर्खिँदा खेतमा ब्याड छिपिसक्यो । काढेको ब्याड कुहिसक्यो । मल अझै आएको छैन ।’ जसका कारण बिना मल नै खेती गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

खेतीपातीको समयमा राज्यले रासायनिक मल आपूर्ति गर्न नसक्दा किसानलाई यस वर्ष कसरी गुजारा चलाउने भन्ने चिन्ताले पिरोलेको छ । न मल, न प्रशस्त पानी, जसोतसो खेतीपाती गर्नुपर्ने बाध्यता रहेकाले वर्ष दिनको जोहो कसरी टार्ने भन्ने चिन्तामा छन् ।

स्थानीय मेघमान चौधरीले पनि खेतीपातीको समयमा मलको चरम अभावले चिन्तित हुनुपरेको सुनाए । उनले भने, ‘पैसा हुनेले बाहिरबाट व्यापारीसँग मल ल्याउँछन्, नहुनेले त्यसै रोपेका छौं । सरकारसँग मल छैन । व्यापारीसँग छ, त्यो हामीले किन्न सक्दैनौं ।’

‘व्यापारीले दिने मल महँगो छ । जो पायो उसले किन्न सक्दैन । सरकारले ल्याउन नसक्दा कतिपय किसानले व्यापारीसँग मल खरिद गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।

‘यो समस्या दाङमा मात्रै होइन । रासायनिक मलको समस्या राष्ट्रिय समस्या बनिरहेको छ । खेतीपातीको समयमा आउनुपर्ने मल किन आएको छैन भन्ने जानकारी हामीसँगै छैन,’ कृषि सामग्री कम्पनी लिमिटेड घोराहीका प्रमुख टोपराम गौतमले भने, ‘धान खेतीका लागि एक हजार टन डीएपी र १५ सय टन युरिया आवश्यक छ ।’

प्रतिक्रिया सबै