ट्राफिक प्रहरीद्धारा चिकित्सकमाथि कुटपिट
मङ्लबार, असार १४ २०७९

काठमाडौं । ललितपुरमा प्रहरी जवानबाट एक जना चिकित्सक कुटिएका छन् । ट्राफिक प्रहरी रहेका राजेन्द्र थापाले आइतबार राति पौने ९ बजे डा। कुलबहादुर घिसिङलाई पिटेको आरोप लागेको छ ।
ट्राफिक प्रहरी कार्यालय ललितपुरमा कार्यरत प्रहरी जवान राजेन्द्र थापाले पुल्चोकस्थित आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत डा. कुलबहादुर घिसिङमाथि कुटपिट गरेको बताइएको छ ।
घिसिङले चिकित्सकको परिचय पत्र देखाउँदै पनि रगताम्य हुने गरि पिटाई खाएको भन्दै काम गर्ने वातावरण तयार गर्न चिकित्सक संघ नेपाललाई आग्रह गरेका छन् । पिटाईबाट घिसिङको नाकबाट रगत आएको थियो ।
ललितपुर प्रहरी परिसरका एसपी सिद्धिविक्रम शाहले सार्वजनिकस्थलमा प्रहरीले नागरिकलाई कुटपिट गर्न नहुने भन्दै थापाविरुद्ध कारबाही प्रक्रिया अघि बढाइने बताएका छन् । घटनाबारे किटानी जाहेरी परेपछि कारबाही अघि बढाइने शाहले बताए ।
प्रतिक्रिया
सबै