zoom msi installer version - zoom msi installer version zoom download desktop windows - zoom download desktop windows download zoom by the commodores zoom text download free download zoom conference
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

कोरिया भाषामा मागभन्दा कम परीक्षार्थी उत्तीर्ण

 मङ्लबार, असार १४ २०७९  

काठमाडौं । कोरिया रोजगारीका लागि कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षामा मागभन्दा पनि कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।

कोरिया सरकारले कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ जना श्रमिक लैजाने गरी माग पठाएको भए पनि भाषा परीक्षामा जम्मा १८ सय ९ जना मात्र उत्तीर्ण भएका हुन् ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जेठ १९ गतेदेखि असार ३ गतेसम्म लिएको कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षामा ६ हजार १०६ मध्ये जम्मा १८ सय ९ जना मात्र उत्तीर्ण भएका हुन् ।

कृषि तथा पशुपालन क्षेत्रमा कोरियन भाषा परीक्षाका लागि जम्मा ६ हजार ५ सय ९७ जनाले आवेदन दिएका थिए । जसमध्ये ६ हजार १०६ जनाले परीक्षा दिएका थिए ।

कोरियाको मागभन्दा ९ सय ३२ जना कम परीक्षार्थी मात्रै भाषा परीक्षणमा उत्तीर्ण भएका छन् । सन् २०२२/२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार २ सय १३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ गरी ९ हजार ६ सय ५४ जना श्रमिक लैजाने भनेको छ ।

प्रतिक्रिया सबै