११ फाल्गुन २०८०, शुक्रबार Friday 23 February, 2024

फलफूल पकाउन एसिटिलिन ग्यासको प्रयोग गर्न नपाइने

 मङ्लबार, असार १४ २०७९  

काठमाडौं । अब फलफूल पकाउन कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गर्न नपाइने भएको छ ।

मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एक सूचना जारी गर्दै फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीहरूलाई फलफूल पकाउन कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग नगर्न भनिएको हो ।

आँप लगायतका फलफूल खरिद गर्दा काटुन् वा क्रेटमा फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल राखेको पाइएमा खरिद नगर्न र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन पनि विभागले आग्रह गरेको छ ।

वर्षायाममा झाडापखाला लगायत विभिन्न रोगका हानिकारक सूक्ष्म जीवाणुहरूको संक्रमण बढने साथै संक्रमित पानीको प्रयोगबाट रोगको संक्रमण हुने सम्भावना भएको हुँदा स्वच्छ तथा सफा पानीको प्रयोग गर्न विभागले अनुरोध गरेको छ ।

पछिल्लो दिनमा पानीका कारणले उपत्यकाका विभिन्न स्थानमा झाडा पखालाका बिरामी बढेपछि विभागले आफ्नो सक्रियता थप बढाएको छ ।

प्रतिक्रिया सबै