२७ चैत्र २०८०, मंगलवार Tuesday 9 April, 2024

प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

 मङ्लबार, असार १४ २०७९  

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ओमसतिया गाउँपालिका—४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत अनुमान भन्दा कम मोटाइमा ढलान गरेको तर नापी किताब तथा बिल पेश गर्दा फिल्डमा भएको भन्दा समग्र पीसीसी परिमाणमा बढी उल्लेख गरी दुई लाख ६१ हजार ८५५ रुपैयाँ ९० पैसा नोक्सान पुर्‍याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत नेपालसँगै इन्जिनियर लवकुश चाई र सब इन्जिनियर सन्तोष भूसालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुबाट गैर कानुनी रुपमा हानी नोक्सानी भएको २ लाख ६१ हजार ८५५ रुपैयाँ ९० पैसा जफत गर्न पनि माग गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताएका छन् ।

प्रतिक्रिया सबै